First World War: Causes, Key Events and Background in Nepali History
Classified in Chemistry
Written on in
English with a size of 14.48 KB
५. बोस्निया र हर्जगोभिना
बर्लिन सम्मेलन (१८७८) ले बाल्कन क्षेत्रमा अवस्थित दुई राज्यहरू बोस्निया र हर्जगोभिनाको जिम्मा हङ्गेरीलाई सुम्पेको थियो। अस्ट्रिया-हङ्गेरीलाई ती राज्यहरूको रेखदेख गर्ने अधिकार थियो तर उसले आफूमा गाभ्न पाउँदैनथ्यो। तर सन् १९०८ मा अस्ट्रिया-हङ्गेरीले बोस्निया र हर्जगोभिनालाई आफूमा गाभ्यो। ती राज्यहरूमा अधिकांश मानिस सर्बियाली मूलका थिए। उनीहरू आफूमाथि कुनै पनि बाहिरी हस्तक्षेप चाहँदैनथे। उनीहरू सम्भव भए पूर्ण स्वतन्त्रता, नभए सर्बियासँग मिल्न चाहन्थे। यही उद्देश्यलाई मूर्तरूप दिन बोस्निया र हर्जगोभिनाका युवाहरूले Black Hand नामक सङ्गठनको निर्माण गरे, जसको मुख्य काम नै अस्ट्रिया-हङ्गेरी विरुद्ध लड्नु थियो। अस्ट्रिया-हङ्गेरी सर्बियाको कट्टर विरोधी थियो। उसको विरुद्ध बोस्निया र हर्जगोभिनाका मानिसहरूले संघर्ष अगाडि बढाउने भएपछि सर्बिया खुसी नहुने कुरै भएन। त्यसकारण Black Hand Society लाई सर्बियाले पृष्ठपोषण गरिरहेको थियो।
१०. तत्कालीन कारण
२८ जुन, १९१४ मा अस्ट्रियाका आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र राजकुमारी सोफी चोटेक बोस्नियाको राजधानी सेराजेभोमा भ्रमणको सिलसिलामा गएका थिए। भ्रमणको क्रममा गाभ्रिलो प्रिन्सिप नामका १९ वर्षीय युवकले उनीहरूको गोली हानी हत्या गरे। ती युवक Black Hand Society का सदस्य थिए। अस्ट्रियाले हत्याको आरोप सर्बियामाथि लगायो। अस्ट्रियाका सम्राट फ्रान्सिस जोसेफले सर्बियाका राजा पिटर प्रथमलाई अल्टिमेटम पठाए। उक्त अल्टिमेटममा सर्बियाले Black Hand Society लाई दमन गर्नुपर्ने र अस्ट्रियाली अधिकारीहरूले सर्बियामै बसी अनुगमन गर्न पाउनुपर्ने शर्त राखिएको थियो। ४८ घण्टाभित्र जवाफ फर्काउनुपर्ने चेतावनी समेत दिइएको थियो। सर्बियाका राजा पिटर अधिकांश शर्त मान्न तयार भए, तर अस्ट्रियाली अधिकारी आफ्नै देशमा बसेर आफ्नै कार्यको मूल्याङ्कन र अनुगमन गर्ने सर्तलाई अस्वीकार गरे। 'कहाँ पाऊँ निहुँ, कनिका बुकाऊँ' भनी प्रतीक्षामा रहेको अस्ट्रियाले यही कुरालाई मुद्दा बनाएर जुलाई २८, १९१४ मा सर्बियामाथि आक्रमण गर्यो। सर्बियाको सुरक्षाका लागि रुसले सेना परिचालन गर्यो। यसबाट क्रुद्ध बनेको जर्मनीले रुसलाई सेना फिर्ता लान चेतावनी दियो। रुसले नमानेपछि जर्मनीले रुसविरुद्ध युद्धको घोषणा गर्यो। त्यसपछि इङ्ल्यान्ड र फ्रान्सले जर्मनीविरुद्ध युद्धको घोषणा गरे र प्रथम विश्वयुद्धको सुरुवात भयो।
प्रथम विश्वयुद्धका प्रमुख घटना
| मिति | मुख्य घटना |
|---|---|
| २८ जुलाइ १९१४ | अस्ट्रियाद्वारा सर्बियामाथि आक्रमण |
| २९ जुलाइ १९१४ | रुसद्वारा सर्बियाको पक्षमा सेना परिचालन |
| १ अगस्ट १९१४ | जर्मनीद्वारा रुसविरुद्ध युद्धको घोषणा |
| ३ अगस्ट १९१४ | जर्मनीद्वारा फ्रान्सविरुद्ध युद्धको घोषणा, बेलायतद्वारा बेल्जियमबाट सेना फिर्ता गर्न जर्मनीलाई चेतावनी |
| ४ अगस्ट १९१४ | बेल्जियमबाट जर्मनीले सेना फिर्ता नगरेपछि बेलायतद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा |
| १२ अगस्ट १९१४ | बेलायत र फ्रान्सद्वारा अस्ट्रिया-हङ्गेरीविरुद्ध युद्धको घोषणा |
होइन, कमजोर देशलाई आफूमा विलीन समेत गराउँथे। त्यतिबेला इङ्ल्यान्डलाई 'कहिल्यै सूर्य नअस्ताउने देश' भनिन्थ्यो र यो प्रतिस्पर्धामा अन्य युरोपेली मुलुकहरू पनि समावेश थिए। बजार र कच्चा पदार्थको खोजीबाट सुरु भएको यो उपनिवेशवाद र साम्राज्यवाद पछि गएर शक्ति प्रदर्शन र अहंकारको प्रतीक बन्यो।
हतियार तथा सेनामा प्रतिस्पर्धा
जर्मनीद्वारा आफ्ना दुई प्रान्त लुटिएपछि फ्रान्सले सैन्यशक्ति बढाउन थालेको थियो। यो दौडमा जर्मनी र अन्य देशहरू पनि सहभागी थिए। युरोपेली महाशक्तिहरू दुई विरोधी समूहमा विभाजित भएपछि यो प्रतिस्पर्धाले अझ तीव्रता पायो। प्रत्येक मुलुक अर्कोप्रति सशङ्कित रहन थाल्यो। प्रतिरक्षाका लागि भन्दै सेनाको सङ्ख्या बढाउन थाले र नानाथरिका हतियार निर्माण गर्न थाले। वास्तवमा यो युद्धको तयारी थियो।
उग्र राष्ट्रवाद
त्यसताका युरोपेली मुलुक उग्र राष्ट्रवादबाट ग्रसित थिए। हरेक मुलुकले आफूलाई सर्वोत्कृष्ट ठान्थ्यो र आफ्नो विरुद्ध एक शब्द पनि सुन्न चाहँदैनथ्यो। आफूलाई उत्तम बनाउने बहानामा अन्य मुलुकमाथि निकृष्ट शब्दहरूको प्रयोग गरिन्थ्यो। यो प्रवृत्ति शासकहरूमा मात्र सीमित नरही नागरिक तहसम्मै पुगेको थियो। यसले गर्दा प्रत्येक देश अर्को देशको दुस्मन बनेको थियो।
समाचारपत्रहरूले खेलेका भूमिका
युरोपेली मुलुकहरूबिच कटुता उत्पन्न गराउन र बढाउन त्यतिबेलाका छापा माध्यमहरूले महत्त्वपूर्ण भूमिका खेले। आफ्ना गलत समाचार र रिपोर्टहरूमार्फत उनीहरू निरन्तर जनतामा भ्रम छरिरहन्थे। झुटा समाचार, अतिशयोक्तिले भरिएका विवरण, हिंस्रक तथा उत्तेजक अभिव्यक्ति आदि त्यतिखेर खुब बिक्थे। शत्रुता र कटुतालाई बढावा दिन हरेक देशका छापा माध्यमहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दथे।
७. विलियम द्वितीयको चरित्र
जर्मनीका तत्कालीन शासक केइजर विलियम द्वितीय अत्यन्त जिद्दी स्वभावका र अहंकारी थिए। उनी जर्मन भनेकै अरूमाथि शासन गर्न जन्मेको हो भन्ने ठान्थे। उनी 'कि विश्वविजय कि पूर्ण पतन' भन्ने गर्दथे। उनको लागि बिचको कुनै मार्ग थिएन। उनी विश्वमा आफ्नो प्रभुत्व जमाउन सफल इङ्ल्यान्डलाई हरहालतमा कमजोर बनाउन चाहन्थे। यसबाट जर्मनी र इङ्ल्यान्डको सम्बन्ध तिक्तताले भरिपूर्ण थियो।
८. बाल्कन सङ्कट
प्रथम विश्वयुद्ध हुनुभन्दा अघि युरोपको बाल्कन क्षेत्रमा टर्कीले आफ्नो साम्राज्य खडा गरेको थियो। उक्त साम्राज्यलाई ओटोमन साम्राज्य भनिन्थ्यो। एउटा इस्लामिक देशले आफूमाथि शासन गरेको युरोपेली देशहरूलाई मन परेको थिएन। त्यसैले टर्कीको चङ्गुलबाट मुक्त हुनका लागि ग्रिस, बल्गेरिया, सर्बिया र मोन्टेनेग्रोले 'बाल्कन लिग' नामक गठबन्धन निर्माण गरे। यस गठबन्धनले सन् १९१२ मा टर्कीमाथि आक्रमण गर्यो र टर्की पराजित भई लन्डन सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो। यस युद्धलाई 'पहिलो बाल्कन युद्ध' भनिन्छ। सन्धिको प्रावधानअनुसार गठबन्धनका देश स्वतन्त्र मात्र भएनन्, टर्कीको ठूलो भूभागलाई आफ्नो कब्जामा लिन समेत सफल भए। त्यसरी लिइएको भूभागलाई उनीहरूले आपसमा बाँडे। तर बल्गेरिया आफ्नो भागबाट सन्तुष्ट हुन सकेन। फलस्वरूप सन् १९१३ मा उसले सर्बियामाथि आक्रमण गर्यो। यो आक्रमणका लागि उसलाई अस्ट्रिया-हङ्गेरीको समर्थन रहेको थियो। तर सर्बियालाई ग्रिस, टर्की र रोमानियाले सहयोग गरेको कारण बल्गेरिया पराजित भयो। यसलाई 'दोस्रो बाल्कन युद्ध' भनिन्छ। यस युद्धबाट सर्बिया आफ्नो सिमाना विस्तार गर्न सफल भयो। सर्बियाको सिमाना विस्तारपछि